आरपि उपाध्याय / नवलपरासी ,४ साउन
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले गत आर्थिक वर्षको वार्षिक प्रगति समिक्षा कार्यक्रम सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालयले जिल्ला अन्तर्गतका क्रियाशिल पत्रकारहरुको उपस्थितिमा सेवाग्राहीहरुको विवरण,मिडिया संगको सम्बन्ध,सवारी दुर्घटना विवरण,लागू औषध बरामद लगायत कार्य सार्वजनिक गरिएको सुचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिनुभएको छ।
समिक्षा कार्यक्रममा सेवाग्राही विवरण अन्तर्गत ७ हजार ८ सय ६१ सेवाग्राही रहेको र विभिन्न अपराध अन्तर्गत १०३३ पटकमा महिला ८९५६ र पुरुष १५२५० गरी कुल २४२०६ लाभान्वित भएको डिएसपी थापाले बताए।
लागू औषध बरामद परिणाम र त्रिवर्षीय लागू औषध विवरण बारे पनि जानकारी गराइएको थियो।
गत आ.व. मा ६६२ मुद्दा दर्ता भएकोमा ४५० मुद्दा फर्छौट भइ बाकी ११२ मुद्दाको अनुसन्धान भइरहेको बताइएको छ।
कर्तव्य ज्यान तर्फ ५ मुद्दा दर्ता भएकोमा ५ ओटै मुद्दा फर्छौट भएको हो। २०८२/०८३ मा महिला,बालबालिका, ज्येष्ठ नागरिक विरुद्ध अपराधको सङ्ख्या बारे जानकारी गराउदै घरेलु तथा अन्य हिंसाको तथ्यांक सहित हराइएका व्यक्ति फेला फरेको विवरण र ठाडो निवेदनको तथ्यांक बारे पनि समिक्षा बैठकमा जानकारी गराइएको थियो।
गत आ.व. मा चलान गरिएका विभिन्न मालसामानको विवरण प्रस्तुत गरी कुल २३ करोड २४ लाख ३४ हजार ३६३ रुपैयाँ राजस्व संकलन भएको पनि जानकारी गराइएको छ।
सो अवसरमा रामग्राम,बर्दघाट,सुनवल नगरपालिका त्यसैगरी प्रतापपुर,सुस्ता, सरावल र पाल्ही नन्दन गाउँपालिकामा सिसिटिभी जडान गरिएको बारे समिक्षा बैठकमा जानकारी गराइयो।
सवारी दुर्घटना अन्तर्गत ८४ व्यक्ति सामान्य घाइते,६३४ व्यक्ति घाइते र ४७ व्यक्तिको मृत्यु भएको पनि बताइएको छ।
प्रहरी नायब उपरीक्षक थापाले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही तथा राजस्व संकलन बारे जानकारी गराउदै विपद सवारी दुर्घटना बारे क्षति रकम र विपदको समयमा खटिएको जनशक्ति बारे जानकारी गराउदै मानवीय क्षती सम्बन्धि विवरण पनि जानकारी गराउनु भयो।

वार्षिक समिक्षा कार्यक्रममा जिल्ला अन्तर्गत हुने सूक्ष्म अपराध सुस्ताको झोलुङ्गे पुलबाट हुने अवैध कार्य सहित मापसे र लापसे अभियान र ट्राफिक चेकजाँच कार्यलाई अझ कडाइका साथ गरिनुपर्ने सुझाव दिइएको थियो।
वार्षिक समिक्षा कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी. ले सञ्चारकर्मीद्वारा उठाइएको जिज्ञासा बारे अविलम्ब छानविन कार्यान्वयन तर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

