Rashtriya Dainik

बाल्मिकी आश्रममा लवकुशको मूर्ति स्थापना, धार्मिक विधिपूर्वक प्राणप्रतिष्ठा सम्पन्न

राष्ट्रिय दैनिक / नवलपुर ,४ असार

चितवन माणी नगरपालिका १ बाल्मिकी आश्रममा एक धार्मिक समारोह बिच भगवान श्री राम पुत्र लवकुशको मुर्ति स्थापना सहित प्राण,प्रतिष्ठा गरिएको छ।

विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिर जिल्ला समिति विनयी त्रिवेणीको आयोजनामा कार्यक्रम गरिएको हो।
जिल्ला समितिका कार्यवाहक अध्यक्ष विश्वमर्दन शाहको अध्यक्षता तथा गजेन्द्र मोक्ष दिव्य धाम त्रिवेणीका करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

मुर्ति अनावरण गर्दै प्रमुख अतिथि प्रपन्नाचार्यले त्रेता युग संग धार्मिक सम्बन्ध जोडिएको चितवनको बाल्मिकी आश्रम नेपालकै प्रमुख धार्मिक धरोहर मध्ये एक रहेको बताउनु भयो।

उहाँले अति पवित्र तीर्थस्थल भएर पनि बाल्मिकी आश्रमको चाहे अनुसारको विकास हुन नसक्नु राज्यनै प्रमुख दोषी रहेकोे बताउदै प्रपन्नाचार्यले बाल्मिकी आश्रम जगत जननी सीता माता र भगवान रामका दुई राजकुमारको जीवनी संग जोडिएकोले यसलाई नेपाल तर्फबाट बाटो व्यवस्थापन गरी आवतजावत सुचारु गर्न राज्यले पुर्ण रुपले अनुमती दिनुपर्ने बताउनु भयो।

जगत जननी सीता माताको धर्ती प्रवेश,महर्षी बाल्मिकीको तपोभूमी,श्री राम पुत्र लवकुशको जन्मस्थल,लवकुश पढ्ने पाठशाला,सीता माताले पानी भर्ने कुवा,स्नान गर्ने नदी,मसाला पिस्ने सिलौटा,लवकुशले धोडा बाधेको किला लगायत प्राचीन सामाग्रीले शोभायमान आश्रममा नेपाली तीर्थालु त्रिवेणीबाट झोलुङ्गे पुलको निर्माण भएपनी बाटो नखुलेको कारण भारत भुमिको प्रयोग गर्दै कष्टकर यात्रा गरि आउनुपर्ने बाध्यता बाट आश्रमको महिमा र गरिमाले उचाई पाउन नसकेको पनि धार्मिक विज्ञहरुको भनाइ छ।

बाल्मिकी आश्रममा त्रेता युगको समयमा श्री राम पुत्र लवकुशले घोडा बाधेको किला देखिएको ठाउँमै लवकुशको मुर्ति निर्माण गरिएको र उक्त मुर्तिको सौजन्य विनयी त्रिवेणी ७ निवासी राम अवतार कुशवाहले गर्नुभएको आश्रम समितिले बताएको छ।
धार्मिक व्यक्ति कुशवाहले बाल्मिकी आश्रममै पुजापाठ सहित ५ सयको सङ्ख्यामा आश्रम आएका श्रद्धालु भक्तजनहरुलाई प्रसाद ग्रहण गराएको पनि जानकारीमा आएको छ।

विनयी त्रिवेणीमा नपर्ने चितवन माणीले नहेर्ने भएबाट आश्रमका नेपालीले कष्टकर जीवन बिताउनु परेको पनि आश्रमका सुकुम्बासी परिवारहरुले बताउदै आएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित