Rashtriya Dainik

जनताको रोजाइ, विकासका सारथी : हरेन्द्र यादवको सफल नेतृत्व

राष्ट्रिय दैनिक / नवलपरासी,४ असार

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठी सुर्यपुराका वडा अध्यक्ष हरेन्द्र यादव स्थानीय तहमा विकास, सुशासन र जनसेवामार्फत लोकप्रिय जनप्रतिनिधिका रूपमा स्थापित भएका छन्। लगातार दुई कार्यकाल वडा अध्यक्षमा निर्वाचित यादवले वडाको समग्र विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै जनताको विश्वास कायम राख्न सफल भएका छन्।

वडा अध्यक्ष यादवको नेतृत्वमा सडक निर्माण तथा स्तरोन्नति, नाला निर्माण, खानेपानी विस्तार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासका विभिन्न योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भएका छन्। विकास निर्माणका कामलाई प्राथमिकता दिँदै उनले वडाका अधिकांश बस्तीमा आधारभूत पूर्वाधार विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

स्थानीयवासीहरूका अनुसार यादव जनताको सुख–दुःखमा सधैं साथ दिने, सहज रूपमा उपलब्ध हुने र समस्याको समाधानमा सक्रिय रहने जनप्रतिनिधि हुन्। यही कारणले उनी वडावासीमाझ लोकप्रिय नेताका रूपमा परिचित छन्।

वडामा विकास निर्माणका योजनासँगै सामाजिक सद्भाव, पारदर्शिता र उत्तरदायित्वलाई समेत प्राथमिकता दिइएको छ। जनताको सुझाव र आवश्यकताका आधारमा योजना छनोट तथा कार्यान्वयन गर्ने अभ्यासले वडामा सकारात्मक परिवर्तन देखिएको स्थानीयहरूको भनाइ छ।

वडा अध्यक्ष यादवले आगामी दिनमा पनि वडाको समग्र विकास, युवाका लागि अवसर सिर्जना, कृषि उत्पादन वृद्धि तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय तहमा जनप्रतिनिधिको प्रभावकारी नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरणका रूपमा हरेन्द्र यादवलाई लिने गरिएको छ। विकासप्रेमी, जनमुखी र सक्रिय नेतृत्वका कारण उनी प्रतापपुर–७ का जनतामाझ अझै लोकप्रिय बन्दै गएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित