काभ्रे,४ असार ।
काभ्रेको रोशी गाउँपालिकाले शुक्रबार (असार ५) शोक बिदा दिएको छ । गत वैशाख २९ गते सवारी दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा शुक्रबार शोक बिदा दिएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
बीपी राजमार्गअन्तर्गत नमोबुद्ध–२ बुच्चाकोटमा गत जेठ २९ गते खार्पाचोक हुँदै रोशी ६ को सुगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको पूर्व अरनिको यातायातको यात्रुवाहक बस दुर्घटना हुँदा रोशी गाउँपालिकाका ७ जना स्थानीय नागरिकसहित कुल ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
‘यस शोकको घडीमा यही मिति २०८३ साल असार ५ गते शुक्रबारका दिन रोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत मातहतका सम्पूर्ण कार्यालयहरुमा शोक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ,’ अध्यक्ष लामाले जारी गरेको सूचनामा उल्लेख छ ।
मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगतआत्माको चीरशान्तिको कामना गरेको रोशी गाउँपालिकाले शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थनाका साथ गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

