राजन कुमार बानिया /पर्सा २९ जेठ
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्त अधिकारीको नेतृत्वमा सञ्चालन गरिएको संयुक्त वन संरक्षण अभियानअन्तर्गत करिब २० क्यु फिट सालको अवैध काठ बरामद गरिएको छ।
वन संरक्षण तथा अवैध कटानी नियन्त्रणका लागि गरिएको उक्त अभियानमा सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, कविता दास, वन कर्मचारी लक्ष्मी साह कानु, अरविन्द कुमार, प्रहरी चौकी बढनियारका इन्चार्ज असई धर्मराज उप्रेती, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम, सदस्य श्रवण प्रसाद साह तथा सशस्त्र प्रहरी बल नेपाल का सई नारायण अधिकारीसहितको टोलीको सहभागिता रहेको थियो।

संयुक्त टोलीले वन क्षेत्रमा हुने अवैध कटानी, चोरी निकासी तथा तस्करी नियन्त्रण गर्न निगरानी कडा पारिएको जनाएको छ। वन ऐनअनुसार वन विनाश तथा अवैध काठ कारोबारमा संलग्नमाथि कडा कानुनी कारबाही हुने व्यवस्था रहेको छ।
सरोकारवालाहरूले वन संरक्षण प्राकृतिक सम्पदा जोगाउने महत्वपूर्ण अभियान भएकाले स्थानीय समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

