राष्ट्रिय दैनिक /नवलपरासी, २९ जेठ।
झुट्टा विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेको आरोपमा एक भारतीय नागरिकलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार भारतको महाराजगञ्ज जिल्ला, तहसिल निचलौल अन्तर्गत लक्ष्मीपुर खुर्द (तिलपुर) निवासी ५४ वर्षीय मदनलाल कलवारलाई दोहोरो नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई जेठ २७ गते सरावल गाउँपालिका–७ भुजहवाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कलवारले झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको हो। पक्राउ परेका उनलाई नागरिकता सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाउन नवलपरासी जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

