Rashtriya Dainik

कारागार तोडेर फरार भएका कैदी बर्दघाटबाट पक्राउ, कैद भुक्तानीका लागि पुनः कारागार पठाइयो

राष्ट्रिय दैनिक / नवलपरासी, जेठ २७

गत वर्षको Gen-Z आन्दोलनका क्रममा कारागार तोडफोड गरेर फरार भएका एक कैदीलाई प्रहरीले बर्दघाटबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार नकबजनी चोरी मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका २२ वर्षीय अजय भन्ने अविनाश पंगेनी फरार अवस्थामै आफ्नै घरमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार २०८२ भदौ २३ र २४ गते भएको Gen-Z समूहको आन्दोलनका क्रममा कारागार कार्यालय नवलपरासीमा भएको तोडफोडपछि उनी फरार भएका थिए। फरार कैदीको खोजी अभियानका क्रममा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बिहीबार दिउँसो बर्दघाट नगरपालिका–१ स्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पंगेनीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला कारागार कार्यालय नवलपरासीमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले फरार कैदी तथा अपराधमा संलग्न व्यक्तिहरूको खोजी कार्यलाई निरन्तर तीव्रता दिइएको बताउँदै कानुनबाट उम्किन खोज्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित