राष्ट्रिय दैनिक / नवलपरासी ,२५ जेठ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित श्री शिव–पार्वती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट समितिका निवर्तमान अध्यक्ष रामानन्द हरिजन पुनः अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

समितिका ५१ मतदाता रहेकोमा शतप्रतिशत मतदान भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रामानन्द हरिजनले ३२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी विजय कुमार फौजदारले १४ मत प्राप्त गर्नुभयो। उपाध्यक्ष पदमा डिल्लीराम चौधरी ३५ मतसहित निर्वाचित हुँदा मतिउल्लाह पठानले ९ मत प्राप्त गर्नुभयो।

निर्वाचनमा ४ मत बदर भएको निर्वाचन अधिकृत महेन्द्र चौधरीले जानकारी दिनुभयो।
अधिवेशनले सचिवमा रामकरण प्रसाद चौधरी, कोषाध्यक्षमा अनिता कहार तथा सदस्यहरूमा नन्दलाल दुसाध, शिव नारायण फौजदार थारु, मटेलु कुर्मी, सूर्य नारायण चौधरी, चन्दादेवी चौधरी, रेखा देवी चौधरी र सेती देवी विकलाई सर्वसम्मत चयन गरेको छ।

नवनिर्वाचित अध्यक्ष रामानन्द हरिजनको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समुदायको एकता आवश्यक रहेको बताउनुभयो। उहाँले नवगठित समितिले मन्दिरको संरक्षण, व्यवस्थापन र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

पुनः निर्वाचित अध्यक्ष हरिजनले मन्दिरको संरक्षण, विकास तथा धार्मिक गतिविधिलाई थप व्यवस्थित बनाउँदै सबै समुदायको सहभागितामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

