Rashtriya Dainik

रवि पाण्डेयको काँधमा रास्वपा नवलपरासीको नेतृत्व, सर्वसम्मत रूपमा जिल्ला समिति चयन

राष्ट्रिय दैनिक /नवलपरासी,२५ जेठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीको जिल्ला अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट रवि पाण्डेय जिल्ला सभापतिमा चयन भएसँगै पार्टीको जिल्ला नेतृत्वले नयाँ गति पाउने अपेक्षा गरिएको छ।

यसअघि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका पाण्डेयलाई प्रतिनिधिहरूले सर्वसम्मत समर्थन गर्दै जिल्ला नेतृत्वको जिम्मेवारी सुम्पिएका हुन्। उपसभापतिमा रामप्रसाद अर्याल चयन हुँदा सचिवमा अमर पाठकले पुनः निरन्तरता पाएका छन्। सहसचिवको जिम्मेवारी राकेश गुप्ताले पाएका छन्।

नौ सदस्यीय जिल्ला समितिमा महिला सदस्यतर्फ प्रेमकला भट्टराई ढकाल, दिलकुमारी कुँवर र शारदा भट्टराई चयन भएका छन्। यस्तै बहुल जातीयता समूहबाट अरेन्द्रनाथ राय ठाकुर तथा दलित समुदायबाट ब्रमा लोहार सदस्य बनेका छन्। कोषाध्यक्ष पद भने पछि मनोनयनमार्फत पूर्ति गरिने जनाइएको छ।

बर्दघाटस्थित दाउन्ने पार्टी प्यालेसमा सम्पन्न अधिवेशनमा २६० जना प्रतिनिधिको सहभागिता रहेको निर्वाचन समितिका सदस्य बालिन्द्र विक्रम शाहीले जानकारी दिएका छन्।

पालिका तहका अधिवेशनअन्तर्गत प्रतापपुरमा मात्रै निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिएको थियो भने अन्य पालिकामा सर्वसम्मत समिति गठन भएको बताइएको छ। रामग्राम नगर समितिमा देखिएको विवादका कारण भने तदर्थ समितिलाई निरन्तरता दिँदै प्रतिनिधि छनोट गरिएको थियो।

नयाँ नेतृत्व चयनसँगै आगामी संगठन विस्तार, जनसम्पर्क अभियान र स्थानीय तहमा पार्टीको प्रभाव बढाउने रणनीतिमा रास्वपा नवलपरासी केन्द्रित हुने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित