Rashtriya Dainik

विनयी त्रिवेणी गाउँपालिका ६ मा हिंसा न्यूनीकरणका लागि अभिमुखिकरण तालिम

आरपि उपाध्याय / नवलपरासी ,२५ जेठ

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका ६ मा हिंसा न्यूनीकरणका लागि अभिमुखिकरण तालिम आइतबार सम्पन्न भएको छ।
हिंसामुक्त समाज घोषणा तथा कार्यान्वयन समितिको आयोजनामा दुई दिने अभिमुखिकरण तालिम सम्पन्न भएको हो।
त्रिवेणी हिंसामुक्त समुदाय घोषणा तथा कार्यान्वयन समितिका अध्यक्ष भेषराज खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गा.पा.वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले सबै खाले परिवर्तन घरपरिवारबाटै हुनुपर्ने र तालिममा सिकेका बुझेका कुराहरु व्यवहारिक जीवनमा लागू गर्नुपर्ने धारणा राख्नुभयो।


वडा अध्यक्ष शाहले हिंसामुक्त सम्बन्धि सचेतनालाई अक्षरस: पालन गर्न सकिए मात्र समुन्नत समाज निर्माण गर्न सहज हुने जिकिर गर्नुभयो ।
कार्यक्रममा स्थानीय सञ्चारकर्मी आर.पि. उपाध्याय, तालिमका सहभागीहरु मिना श्रेष्ठ र सीता थापाले तालिमको महत्वमाथी प्रतिक्रिया मन्तव्य राख्नुभएको थियो।


शिवपुरगढी स्थित आदिवासी जनजाति महासंघको हलमा आयोजित दुई दिने तालिमलाई अधिवक्ता दिनेश घिमिरे र ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ स.ई. गगन गिरीले हिंसामुक्त समुदाय निर्माण र सोका लागि कानुनले गरेको परिभाषा विधि,पद्धतिबारे सहजीकरण गर्नुभएको कार्यक्रम सञ्चालक गोपालचन्द्र ढकालले जानकारी दिनुभएको छ।
अभिमुखिकरण तालिममा विनयी त्रिवेणी वडा न.६ बाट ९५ को सङ्ख्यामा सहभागीहरुको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित