Rashtriya Dainik

सुस्ता-४ मा बालविवाह अन्त्य तथा पोषण सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम सम्पन्न

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ४ मा बालविवाह अन्त्य तथा पोषण सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम नर्सहीमा आइतबार सम्पन्न भएको छ।
सुस्ता ४ अन्तर्गतका बाल क्लब तथा आमा समुहका आमाहरुको सहभागितामा तालिम सम्पन्न भएको हो।
वडा सदस्य भान कुमार राजभरको अध्यक्षता तथा सुस्ता गाउँपालिका वडा न.४ का वडा अध्यक्ष निल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले खानपान,आहारविहारको कमिले पनि कुपोषण हुने गरेकोमा त्यसलाई रोक्न पौष्टिक खानाको प्रबन्ध मिलाएर बालबालिकालाई बलियो र तन्दुरुस्त बनाउन सकिने विचार व्यक्त गर्नुभयो।
उहाँले समाजका विद्यमान सामाजिक कुरीति र अन्धविश्वासलाई रोक्न जनचेतनामूलक कार्यक्रमबाट नै त्यस्ता खाले विकृति नियन्त्रण गर्न सकिने जिकिर गर्दै एक फरक प्रसङ्गमा गुरुङले नर्सही र आसपासका इलाकामा ट्राफिक नियम विपरीत मोटरसाइकल चल्ने कार्य बढेर गएको हुँदा यसतर्फ प्रहरीले विशेष निगरानी गर्नुपर्ने धारणा राख्नुभएको थियो।
कार्यक्रममा वडा सदस्य मुना पुनले तालिमको सिकाइलाई व्यवहारिक जीवनमा लागु गर्नुपर्ने विचार व्यक्त गर्दै अब आफ्ना बालबालिकाहरुलाई स्वस्थ राख्न आफुले नै उत्पादन गरेको सागपात र खाद्यान्न खुवाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागीहरु जैनब खातुन, प्रतिमा गुप्ता,आदर्श थापा लगायतले तालिममा प्राप्त अनुभवसहितको प्रतिक्रिया मन्तव्य व्यक्त गरेका थिए। दुई दिनसम्म चलेको तालिममा पत्रकार, आर.पि. उपाध्याय,उमेश बि.क. र भागिरथी पालले सहजीकरण गर्नुभएको थियो।
सो अवसरमा बेश नेपाल,हातेमालो संस्था र बाल संजालका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो भने तालिममा सुस्ता ४ नर्सहीका ७५ सहभागीहरुको सहभागिता रहेको वडा सचिव भोज कुमारी जोशीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित