काठमाडौं ,२२ जेठ। स्थानीय तहलाई गैरदलीय बनाउन सुझाव दिइएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई निर्वाचन आयोगले स्थानीय तहलाई गैरदलीय बनाउन सुझाव दिएको हो ।
कार्यदलले विभिन्न व्यक्ति, समूह, संस्थासँग सुझाव संकलन गरिरहेका बेला आयोगले दिएको सुझावमा स्थानीय तहलाई गैरदलीय बनाउन सुझाव दिएको हो ।
कार्यदललाई लिखित सुझाव दिएको आयोगले विद्यमान स्थानीय कार्यपालिकासम्बन्धी संवैधानिक व्यवस्थालाई संशोधन गरी गैरदलीय बनाउन सुझाव दिएको हो ।
२१ बुँदे सुझावको १३ नम्बर बुँदामा आयोगले स्थानीय कार्यपालिका सम्बन्धी व्यवस्थालाई संशोधन गरेर गैरदलीय हुनेगरी व्यवस्था गर्न सुझाव दिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

