राष्ट्रिय दैनिक / नवलपरासी , जेठ १६ –
पश्चिम नवलपरासीको सुनवलमा एक घरबाट सुनका गरगहना तथा बहुमूल्य सामान चोरी गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
सुनवल नगरपालिका–१ शान्तीटोलस्थित मञ्जबहादुर गुरुङको घरमा चोरी भएको घटनाको अनुसन्धान गर्दै गएको इलाका प्रहरी कार्यालय सुनवलको टोलीले सुनवल–३ खैरहनी निवासी क्रषिराम कवर र हेमेन्द्र कवरलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आरोपितहरूले घरबाट सुनका औँठी, चुरा, हार, मुन्द्रालगायतका गरगहना तथा मोबाइल, क्यामेरा र एलइडी टिभी चोरी गरेका थिए। चोरी भएका अधिकांश सामान उनीहरूकै साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) का सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।

स्थानीय बासिन्दाले पछिल्लो समय चोरीका घटनामा वृद्धि भएको भन्दै सुरक्षा निगरानी थप प्रभावकारी बनाउन माग गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

