Rashtriya Dainik

सरावलमा लैंगिक समानता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न, ४९ जनाको सहभागिता

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ मनरीमा लैंगिक समानता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
सिद्धार्थ सामाजिक विकास केन्द्र, बाणगंगा–४ कपिलवस्तुको आयोजनामा सञ्चालित “समावेशी लोकतन्त्र र मानवअधिकारका लागि नागरिक समाज सशक्तीकरण परियोजना” अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रममा महिला तथा पुरुषबीच समान अधिकार, सामाजिक समावेशिता, मानवअधिकार, लैंगिक विभेद न्यूनीकरण तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय समुदायका ४९ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको सहजिकरण सिद्धार्थ सामाजिक विकास केन्द्रकी कविता कलवारले गरेकी थिइन्। उनले लैंगिक समानता कायम गर्न परिवार, समाज र समुदायको साझा भूमिका आवश्यक रहेको बताउँदै सचेतना र व्यवहार परिवर्तनमार्फत मात्रै समतामूलक समाज निर्माण सम्भव हुने धारणा राखिन्।

सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सोच विकास गर्न सहयोग पुगेको बताएका थिए। स्थानीयस्तरमा मानवअधिकार र समावेशी लोकतन्त्रलाई थप मजबुत बनाउन यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित