अमेरिका ।
प्रवासमा नेपाली समुदायको भाषा, कला तथा संस्कृतिको संरक्षणमा सक्रिय नेवाः अर्गनाइजेसन अफ अमेरिका (एनओए) ले आफ्नो रजत महोत्सव सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।
रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति समेत चयन गरिएको छ। अध्यक्ष पदमा राजेशलाल श्रेष्ठ निर्विरोध चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा दिवाकर धौभडेल र बबिता श्रेष्ठ, महासचिवमा प्रतिक श्रेष्ठ, कोषाध्यक्षमा नविन मोहन रञ्जित तथा सचिवमा सचिन बैद्य निर्वाचित भएका छन्।

सदस्यहरूमा ज्योत्स्ना श्रेष्ठ, शर्मिला श्रेष्ठ म्याकविलियम्स र अमित खड्गी चयन भएका छन्। निर्वाचन समितिको संयोजक श्यामलाल श्रेष्ठ रहेका थिए भने सदस्यहरूमा उदय श्रेष्ठ र राजेश श्रेष्ठ सहभागी थिए। कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
विगत २५ वर्षदेखि अमेरिकामा रहेका नेपाली तथा नेवाः समुदायलाई एकताबद्ध गर्दै भाषा, धर्म, संस्कृति, कला र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ।
कार्यक्रममा मौलिक लाखे नाच, कुमारी नृत्य लगायत सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो भने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि नेपाली दूतावासकी सल्लाहकार अरुणा घिसिङले प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा एनओएले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिएकी थिइन्।
कार्यक्रममा एनओएका अध्यक्ष महिन्द्र प्रधान, डब्लुएनओका अध्यक्ष मनोहरलाल श्रेष्ठ लगायतले पनि मन्तव्य राख्दै संस्थाको योगदान र आगामी योजनाबारे चर्चा गरेका
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

