Rashtriya Dainik

गणतन्त्र दिवसमा प्रभातफेरीदेखि मानवीय सेवासम्म : रामग्राममा विविध कार्यक्रमसहित भव्य उत्सव

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ जेठ ।

७८औँ गणतन्त्र दिवस २०८३ को अवसरमा पश्चिम नवलपरासीको रामग्राम क्षेत्रमा विविध सामाजिक तथा औपचारिक कार्यक्रमका साथ दिवस भव्य रुपमा मनाइएको छ।

गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक भगौती यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ कलवार (जैसवाल) प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए भने प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा राष्ट्रसेवक कर्मचारी, विभिन्न सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि तथा भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सञ्चालन गरी गणतन्त्रप्रति सम्मान व्यक्त गरिएको थियो। साथै पृथ्वीचन्द्र अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको थियो।

त्यसैगरी रामग्राम नगरपालिका वडा नं. ५ स्थित आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई पोशाक वितरण गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

सामाजिक सद्भाव, सेवाभाव र राष्ट्रिय गौरवलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रमले गणतन्त्र दिवसलाई थप अर्थपूर्ण बनाएको सहभागीहरुले बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित