Rashtriya Dainik

समावेशी शिक्षामा जोड दिंदै मिसन नवलपरासीद्वारा पूर्वप्राथमिक शिक्षक तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,३ जेठ

पश्चिम नवलपरासीमा समावेशी तथा गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले मेटाबोलिक इन्क्लुसिभ स्कुल्स अर्गनाइजेशन नवलपरासी (मिसन) द्वारा पूर्वप्राथमिक तहका शिक्षक–शिक्षिकाहरुका लागि विशेष तालिम कार्यक्रम सम्पन्न गरिएको छ।

पाल्ही मल्टिपल क्याम्पसको सभाहल, जितपुर–४ मा आयोजित कार्यक्रममा मिसन नवलपरासीका जिल्ला अध्यक्ष मनोज कुश्वाहाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिको रुपमा यज्ञराज अवस्थी सहभागी रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रुपमा गोमा ढकालको उपस्थिति रहेको थियो।

कार्यक्रममा सर्यनाथ दास पटेल तथा रामबहादुर कुर्मीले मन्तव्य व्यक्त गर्दै प्रारम्भिक बाल शिक्षामा दक्ष तथा समावेशी शिक्षण पद्धतिको आवश्यकता औंल्याएका थिए। उनीहरुले शिक्षकहरुलाई व्यवहारिक तथा बालमैत्री शिक्षण प्रणाली अपनाउन आग्रह गरेका थिए।

तालिम कार्यक्रममा जिल्लाका १५ वटा विद्यालयबाट करिब ९० जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरुलाई समावेशी शिक्षा, बाल मनोविज्ञान, कक्षाकोठा व्यवस्थापन तथा प्रभावकारी शिक्षण शैली सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा मिसन नवलपरासीका उपाध्यक्ष सुरेन्द्र हरिजनले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव रोहित गौडले गरेका थिए।

तालिममा प्रशिक्षकको रुपमा यज्ञराज अवस्थी र गोमा ढकालले सहजीकरण गर्दै पूर्वप्राथमिक तहको शिक्षालाई अझ प्रभावकारी, सिर्जनात्मक र समावेशी बनाउने विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयस्तरमा गुणस्तरीय शिक्षाको वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित