आरपी उपध्याय /नवलपरासी १९ बैशाख
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राष्ट्र सेवक कर्मचारीले राष्ट्र सेवा गर्दा सर्वप्रथम आफू बस्ने बासस्थानको आवश्यकता पर्ने बताउनु भएको छ।
महानिरीक्षक कार्कीले भाडाको घरमा सिमित साधन स्रोतका साथ सेवा गर्दै आएका ट्राफिक प्रहरी नवलपुर अब आफ्नो निजी घरबाट सेवा प्रवाह गर्दा थप उत्साह र उर्जा बढ्ने पनि बताउनु भयो।
उहाँले सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीहरु व्यवहारमा शुद्धता,बोलीमा बुद्धताको मुल मन्त्रलाई आत्मसात गरि राष्ट्र सेवा गरेमा कुनै कठिनाइको सामना गर्न नपर्ने बताउदै ट्राफिक नियमको पालना गर्नु प्रत्येक नेपालीको परम कर्तव्य रहेको विचार व्यक्त गर्दै कार्कीले पिर,भिर,द्वन्द्व र बन्दको सामना गर्दै आएको नेपाल प्रहरी हाम्रो सारथि हो भन्ने किसिमको व्यवहार पनि नागरिकबाट हुनुपर्ने जिकिर गर्नुभयो।
पुर्वी नवलपरासीको कावासोतिमा गण्डकी प्रदेश सरकारको विनियोजित रकमबाट जिल्ला ट्राफिक कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले सो कुरा बताउनु भएको हो।
नवनिर्मित सुविधा सम्पन्न भवन २०८१ साल असार २० गते सम्झौता भइ तोकिएको समयमै ३ करोड २२ लाख २४ हजार ६ सय ८२ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको प्रतिवेदन प्राविधिक प्रहरी नायब उपरीक्षक इन्जिनियर चिरञ्जीवी प्रताप महतोले जानकारी दिनुभएको छ।
नवनिर्मित सुविधा सम्पन्न भवन साढे ४ तल्ला रहेको छ भने भवनभित्र २४ कोठा रहेको पनि इन्जिनियर महतोले बताएका छन।
भवन उद्घाटन समारोहमा गाउँपालिका महासंघ नेपाल तथा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकारका सचिव कृष्ण प्रसाद लम्साल,निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना,प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्री लगायतले आफ्नो भनाइ राख्नुभएको थियो।
जिल्ला ट्राफिक कार्यालय नवलपरासीको नवनिर्मित भवन उद्घाटन भएपश्चात् ट्राफिक प्रहरीले अब उच्च मनोबलका साथ राष्ट्रले दिएको जिम्मेवारीलाई अझ बढी उत्साहजनक रुपमा कार्य गरिने विश्वास पनि नवलपुर जिल्ला बासीले गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

