बिनोद निगम/ नवलपरासी ,१५ वैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ७ का वडाअध्यक्ष हेयात खाँ धुनियाको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी, उपाध्यक्ष बासमति हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, अन्य जनप्रतिनिधिहरू तथा वडाका स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सुनुवाइका क्रममा स्थानीयहरूले विकास निर्माणका काम, सेवा प्रवाहको अवस्था, देखिएका समस्या तथा सुधारका सुझावहरू खुलेर राखेका थिए। जनप्रतिनिधिहरूले उठेका जिज्ञासा तथा गुनासाहरूको जवाफ दिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमले स्थानीय तहको कामकारबाहीप्रति नागरिकको प्रत्यक्ष सहभागिता बढाउने तथा उत्तरदायित्व सुनिश्चित गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

