Rashtriya Dainik

विनयी त्रिवेणी ७ गण्डक ब्यारेज पुल आसपासको क्षेत्रमा वृहत् सरसफाइ

आरपि उपाध्याय / नवलपरासी ,१४ बैशाख

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ गण्डक ब्यारेज पुल आसपासको क्षेत्रमा वृहत् सरसफाइ अभियान सहित नेपालको राष्ट्रिय ध्वजा फरफराइएको थियो।

विनयी त्रिवेणी वडा न. ७ का युवा समाजहरुको सक्रियतामा आयोजना गरिएको सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी बल त्रिवेणी बि.ओ.पी.,ई.प्र.का. त्रिवेणीका प्रहरी जनशक्ति,स्थानीय आमा समूह र जनप्रतिनिधिहरुको संयुक्त उपस्थितिमा सरसफाइ कार्यक्रम सहित राष्ट्रिय झण्डा फरफराइएको युवा समाजसेवी निरन्जन थापा (सुनिल) ले जानकारी दिनुभयो।

नेपाल भारत अन्तर्राष्ट्रिय सिमानामा रहेको गण्डक ब्यारेज पुलको आसपासमा बढ्दै गएको फोहोर व्यवस्थापन गर्न क्लब,आमा समूह, स्थानीय व्यापारीहरुको पनि सहभागीता रहेको थियो।
गण्डक ब्यारेज पुलमा सशस्त्र प्रहरी बलको चेक पोइन्ट र त्रिवेणी भन्सारको यात्रु शाखामा मात्र नेपालको राष्ट्रिय झण्डा राखिएकोमा अब नेपाल र नेपालीको पहिचानको लागि सार्वजनिक स्थल र सिमावर्ती गण्डक नहरहरुमा राष्ट्रिय ध्वजा राखिएबाट उक्त क्षेत्र शोभायमान भएको तथा नेपाल र नेपालीको पहिचान बढाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजकले बताएको छ।

गण्डक ब्यारेज पुलमा सफाइ सहित राष्ट्रिय झण्डा फरफराइएको कार्यक्रममा वडा न.७ का वडा अध्यक्ष उमेश कार्की, सशस्त्र प्रहरी बल त्रिवेणी बि.ओ.पि. का प्रमुख मंगल सिंह धामी,आमा समुहकी अध्यक्ष सावित्री गुरुङ लगायत युवा व्यक्तित्वहरुको पनि कार्यक्रममा सहभागीता रहेको थियो।
यस पूर्व विनयी त्रिवेणी ७ का युवा समुदायले रानीनगर स्थित बजार सफाइ सहित गण्डक नहरको पुलका रेलिङहरुमा राष्ट्रिय झण्डा राखिएको पनि जानकारी प्राप्त भएको छ।

यस सम्बन्धमा बजार सफाइ र झण्डा फरफराउने कार्यको नेतृत्व गर्नु भएका समाजसेवी निरन्जन थापाले नेपाल र नेपालीको गौरव सहित पहिचान बढाउन चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डालाई सबैको नजर पर्ने सार्वजनिक ठाउँहरुमा राखिएको प्रतिक्रिया दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित