Rashtriya Dainik

परवानीपुर गोल्डकप: उपाधीका लागि आयोजक शक्ति युवा र निजगढ फुटबल क्लब भिड्ने

वीरगन्ज,१० बैशाख ।

पाचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागी आयोजक शक्ति युवा क्लब संग निजगढ फुटबल क्लब निजगढ प्रतिस्पर्धा गर्ने भएको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा निजगढ फुटबल क्लब निजगढले २-१ गोल अन्तरले रिगल हेटौंडा एन्फा मकवानपुरलाई पराजित गरेर फाइनल प्रवेश गरेको हो ।

परवानीपुर खेल मैदानमा जारी खेलमा पहिलो हाफ सम्म दुबै टिम एक -एक गोलले बराबरी खेलेका थिए । दोस्रो हाफमा निजगढ फुटबल क्लबले रिगल हेटौंडा एन्फा मकवानपुरमा थप एक गोल गरेपछि जितेको थियो ।

खेलको १४ औं मिनेटमा रिगल हेटौंडा एन्फा मकवानपुरका खेलाडी अभिषेख कुमारले गोल गरेका थिए ।

त्यसपछि खेलको ३९ औं मिनेटमा निजगढ फुटबल क्लबका खेलाडी सन्तबहादुर गुरुङले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

खेल बराबरीमा पुगेपछि झन प्रतिस्पर्धामा उत्रेका खेलाडी खेलको ६५ औं मिनेटमा निजगढ फुटबल क्लबका खेलाडी सन्तबहादुर गुरुङ गोल गर्दै जिताएका थिए ।

आजको खेलको म्यान अफ दी म्याच निजगढ फुटबल क्लबका खेलाडी सन्तबहादुर गुरुङ घोषित हुदै २१ सय नगद प्राप्त गरे । उनलाई समाजसेवी जतन राउत कुर्मीले प्रदान गरेका थिए ।

यसअघि पहिलो सेमिफाइनलमा आयोजक शक्ति युवा क्लबले सडेनडेथमा ९-८ गोल अन्तरले वीरगन्ज युनाइटेड क्लब वीरगन्जलाई पराजित गरेर फाइनल प्रवेश थियो ।

भोलिको खेलमा वीरगन्ज युथ क्लबका महिला टोलि र निजगढ फुटबल क्लबका महिला टोलिबीच मैत्रीपुर्ण प्रतियोगिता हुनेछ ।

प्रतियोगिताका संयोजक संजय मण्डलको अध्यक्षता भएको आजको प्रमुख अतिथि हिमालय डिस्लरी लिमिटेडका प्रबन्धक कृष्णहरि अधिकारीले प्रतियोगिताको उदघाटन गरेका थिए ।

राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद नाराका साथ परवानीपुर गोल्डकप–२०८३ को पाँचौं परवानीपुर गोल्डकप परवानीपुर खेल मैदानमा करिब १७ लाखको लागतमा भइरहेको सह संयोजक दिपक यादवले बताए ।

प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित