Rashtriya Dainik

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा पार्टी स्थापना दिवस कार्यक्रम सम्पन्न

नवलपरासी, ९ बैशाख : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको आयोजनामा लेनिन जयन्ती एवं पार्टी स्थापना दिवस कार्यक्रम बर्दघाटमा बुधबार सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका पिबिएम एवं ब्युरो इन्चार्ज नरेन्द्र बहादुर थापाले साम्राज्यवादद्वारा निर्मित बर्तमान फासीवादी सरकारको कदमका बिरोधमा लाग्नु आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले वर्गसंघर्षको उठानले मात्र जनताको अधिकार सुनिश्चित गर्ने औल्याए ।

सो अवसरमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेय, कार्यालय सदस्यद्वय गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरी, क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणि भण्डारीलगायतले बोल्दै जनजीविकाको विषयमा आन्दोलन उठाउनु आवश्यक रहेको बताए ।

यसैबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको आठौ पुर्ण बैठकले निर्वाचन बहिष्कारको समिक्षा गर्दै आगामी योजना समेत पारित गरेको जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित