Rashtriya Dainik

सुस्तामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

आरपी उपध्याय / नवलपरासी १० बैशाख

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको आयोजनामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सुस्ता ३ को सभा हलमा सम्पन्न भएको छ।
सुस्ता गाउँपालिका अन्तर्गत वडा न.१ देखि ५ सम्मका महिला स्वयंसेविका, स्वास्थ्य चौकी प्रमुख,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थितिमा घोषणा कार्यक्रम सम्पन्न भएको हो।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षता तथा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख यादवले सुस्ता गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुले आवश्यक सुचकलाई पार गर्न नसकेकोमा केही कठिनाइ आएको बताउदै आउदो दिनमा बाँकी सुचकलाई पूरा गरेर सफलताको विन्दुमा पुग्न सकिने धारणा राख्नुभयो।
उहाँले सुस्ता गाउँपालिका का स्वास्थ्य शाखा अन्तर्गतका केही स्वास्थ्य चौकीहरुले आफ्नो बाँकी अधुरो कार्य समयमै पूरा गरि आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न अग्रिम शुभकामना पनि दिनुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएको अध्यक्ष उपाध्यायले आत्मैदेखी लागेर गरिने कार्यको परिणाम पनि सकारात्मक हुने हुँदा सबै स्वास्थ्य स्वयंसेविकाहरुलाई सेवा सुविधामा कुनै कमी आउँन नदिन पालिका प्रतिबद्ध रहेको बताउदै आउदो दिनहरुमा पनि सबै सरोकारवाला निकाय एक भएर अगाडि बढ्नुपर्ने जिकिर गर्नुभयो।
सो अवसरमा सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले खोप कार्य गर्दा छुटेका बालबालिकालाई पहिचान गर्दा नछुट्ने किसिमले खोप कार्यक्रम अगाडि बढाउनुपर्ने बताउदै उहाँले आफ्नो पदीय जिम्मेवारीलाई सबैले इमानदारी पुर्वक पूरा गर्न आग्रह पनि गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर खड्काले सबैभन्दा बढी जिम्मेवारी र कार्य स्वास्थ्यकर्मीले नै गर्दै आएको बताउदै खोप कार्यमा संलग्न सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै स्वास्थ्य सेवा विशुद्ध सेवामूलक संस्था भएकोले यो पवित्र संस्थाको गरिमा र महिमा बचाएर राष्ट्रले दिएको जिम्मेवारीलाई पूरा गर्नु हामी सबैको परम कर्तव्य रहेको विचार व्यक्त गर्नुभयो।
सो अवसरमा सुस्ता गाउँपालिका वडा न.१ का वडा अध्यक्ष अशोक चौधरी,वडा न.४ का वडा अध्यक्ष निल बहादुर गुरुङ, वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ अहिर,स्वास्थ्य अधिकृत निर्मला देवी कुशवाह,महिला स्वास्थ्य कार्यकर्ता मधु क्षेत्री,पत्रकार श्याम थापा लगायतले घोषणा कार्यक्रममा आफ्नो भनाइ राख्नुभएको थियो।
घोषणा समारोहमा सुस्ता स्वास्थ्य शाखा प्रमुख केशरी भट्टराईले कार्यक्रमको उद्देश्य सहित स्वास्थ्य शाखामा भएको गतिविधि बारे प्रकाश पार्नुभयो।
सुस्ता गाउँपालिकामा ५ को सङ्ख्यामा वडा कार्यालय रहेको र ४० हजार ६ सय जनसंख्या रहेको कार्यक्रम सञ्चालक भागिरथी पालले जानकारी दिनुभएको थियो।
कार्यक्रममा स्वास्थ्य सेवामा उल्लेखनीय काम गर्नुहुने स्वास्थ्यकर्मी,जनप्रतिनिधि र सञ्चारकर्मीहरुलाई पनि मायाको चिनो सहित सम्मान गरिएको आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित