Rashtriya Dainik

नवलपरासीमा भीषण आगलागी : १२ घर खरानी, लाखौँको क्षति

राष्ट्रिय दैनिक /नवलपरासी , बैशाख ८

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीमा १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

स्थानीय गोबिन्द चमारको टाटीले बनेको कच्ची घरबाट अचानक सुरु भएको आगो क्षणभरमै फैलिँदै छिमेकी ११ घरमा समेत सल्किएको थियो। करिब दिउँसो १२:३० बजे सुरु भएको आगो नियन्त्रणमा लिन स्थानीयवासी र प्रहरी सक्रिय भए पनि ठूलो क्षति हुन पुगेको हो।

ईलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार आगलागीबाट मानवीय क्षति नभए पनि ३ वटा बाख्रा, लत्ताकपडा, खाद्यान्न, नगद रकम तथा महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार करिब ४४ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

आगलागीका बेला स्थानीयले दमकल माग गरे पनि समयमै नआएको भन्दै आक्रोश व्यक्त गरेका छन्। यसबारे प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले दमकल चालक तथा नगर प्रहरी आगो नियन्त्रण सम्बन्धी तालिमका लागि सुनवल पठाइएको कारण तत्काल जनशक्ति अभाव भएको बताए।
हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित