वीरगन्ज ,७ बैशाख ।
पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको सोमबारको खेलमा वीरगन्ज युनाइटेड क्लब सडेनडेथमा बिजयी भएको छ ।
परवानीपुर खेल मैदानमा जारी तेस्रो दिनको खेलमा वीरगन्ज युनाइटेड क्लबले ४-३ गोलले चिडियादह स्टार क्लब रौतहटलाई हराउदै जित निकालेको हो ।
खेल सुरु भएको समय देखि रोमाञ्चक प्रतिस्पर्धामा उत्रेको दुबै टोलि जित निकाल्ने दाउमा थिए । खेलमा बलियो देखिएको चिडियादह स्टार क्लब रौतहटले सडेनदेथमा पराजित भएको थियो ।
निर्धारित समयमा दुबै टिम बराबरी खेलेपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो । पेनाल्टीमा पनि टिम बराबरी गोल गरेका थिए । त्यसपछि सडेनडेथमा वीरगन्ज युनाइटेड क्लबका खेलाडीले गरेको गोल निर्णायक साबित भएको थियो ।
आजको खेलमा म्यान अफ दी म्याच वीरगन्ज युनाइटेड क्लबका गोलकिपर तबरेज अन्सारी घोषित हुदै २१ सय नगद प्राप्त गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसीयाले पुरस्कार प्रदान गरे । भोलिको खेलमा नव जन जागृति युवा क्लब सिमरा र रिगल एन्फा क्लब मकवानपुर बीच हुनेछ ।
प्रतियोगिताका संयोजक संजय मण्डलको अध्यक्षता भएको आजको खेलमा पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष चौरसियाले उदघाटन गरेका थिए ।
बैशाख १२ सम्म संचालन हुने पाँचौं परवानीपुर गोल्डकपमा भारत एक वटा र नेपालको ७ वटा टिम गरि आठ वटा टिमले सहभागी भएको प्रतियोगिताका सहसंयोजक दीपक यादवले जानकारी दिए ।
राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद नाराका साथ परवानीपुर गोल्डकप–२०८३ को पाँचौं परवानीपुर गोल्डकप परवानीपुर खेल मैदानमा करिब १७ लाखको लागतमा भइरहेको यादवले बताए ।
प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

