आरपि उपाध्याय / नवलपरासी ,७ बैशाख
प्रतापपुर गाउँपालिकाको आयोजनामा पुर्ण खोप सुनिश्चित तथा दिगोपन एवं पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा कार्यक्रम एक समारोहका बिच सोमबार सम्पन्न भएको छ।
प्रतापपुर गाउँपालिका अन्तर्गतका महिला स्वयंसेविका,स्वास्थ्य चौकी प्रमुख र सरोकारवाला निकायको कार्यक्रममा सहभागिता रहेको थियो।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा घोषणा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादवले घोषणा कार्यक्रममा स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताबाट नै घोषणा कार्यक्रम सफलताको विन्दुमा पुगेको बताउनु भयो।
उहाँले प्रतापपुर गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपन अभियान आफैमा चुनौतीपूर्ण भएपनि अभियानलाई केन्द्रविन्दु बनाइ सामुहिक प्रयासबाट नै अभियान सफल भएकोमा सम्पुर्ण सरोकारवाला निकाय धन्यवादको पात्र भएको जिकिर पनि गर्नुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले पालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपन एवं पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गर्न सहज नभएपनि सबैको सामुहिक प्रयासबाट वर्तमानको सुखद दिन आएको बताउदै उहाँले घोषणा गर्नुभन्दा त्यसलाई निरन्तरता दिनु महत्वपूर्ण पक्ष भएकोले यसतर्फ सबै पक्ष अझ बढी क्रियाशिल रहनुपर्ने धारणा राख्नुभएको थियो।

कार्यक्रममा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले स्वास्थ्य संग जोडिएका सबै खाले खोपलाई जिम्मेवारी पुर्वक लगाइएकोले सन्तोषजनक परिणाम आएको बताउदै उपाध्यक्ष चौधरीले सिमावर्ती क्षेत्रमा खोप लगाउने कार्य चुनौतीपूर्ण भएपनी स्वास्थ्यकर्मीको कठोर मेहनतले यो नतिजा आएको पनि प्रष्ट पार्नुभयो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाही,प्रतापपुर गाउँपालिका की प्रमुख प्रशासकीय अधिकृत अनिता बि.क. थारु,प्रतापपुर ३ का वडा अध्यक्ष ऋषि देव पटेल,महिला स्वास्थ्य स्वयंसेविका राजमती हरिजन लगायतले कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा प्रतापपुर गाउँपालिका अन्तर्गत वडा न.१ देखि ९ सम्मका स्वास्थ्य चौकी र खोप केन्द्रबाट कुल २,१३१ बालबालिकाहरुलाई खोप लगाइएको बताइएको थियो।
सो अवसरमा खोप कार्यक्रममा सक्रिय रुपमा सहयोग गर्नुहुने वडा र स्वास्थ्यकर्मीहरुलाई कदरपत्र सहित सम्मान गरिएको कार्यक्रम सञ्चालक समेत रहनु भएका प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मन्तोष कुमार मुराउले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

