Rashtriya Dainik

​युवा अभियन्ता मनोज राम सशस्त्र प्रहरीद्वारा सम्मानित

​राजन कुमार बानिया /पर्सा, ७ वैशाख

​दलित बालिकाको शिक्षा क्षेत्रमा निरन्तर क्रियाशील पर्साका युवा अभियन्ता मनोज रामलाई सशस्त्र प्रहरी बल नेपालले सम्मान गरेको छ। वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साको १९औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित विशेष समारोहमा रामलाई सम्मानित गरिएको हो।
​कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक (DIG) कृष्ण ढकालले अभियन्ता रामलाई कदरपत्र प्रदान गर्दै सम्मान गर्नुभयो।

​सशस्त्र प्रहरीबाट सम्मानित मनोज राम ‘पिस फर दलित फाउन्डेसन’ पर्साका अध्यक्ष समेत हुन्। उनकै विशेष पहलमा पर्साको ग्रामीण भेगका तीनवटा दलित वस्तीमा मुसहर समुदायका बालबालिकाहरूका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन भइरहेको छ।

​पर्साका सशस्त्र प्रहरी उपरीक्षक (SP) मोहन बहादुर क्षेत्रीका अनुसार:”दलित तथा सीमान्तकृत समुदायको उत्थान, शिक्षामा पहुँच अभिवृद्धि र सामाजिक सचेतना फैलाउन रामले खेल्नुभएको सक्रिय भूमिकाको उच्च कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।”

​सम्मान ग्रहण गरेपछि खुसी व्यक्त गर्दै अभियन्ता रामले सशस्त्र प्रहरीबाट प्राप्त यो सम्मानले आफूलाई थप जिम्मेवारी बोध गराएको बताउनुभयो। आगामी दिनमा समाजसेवा र दलित समुदायको शैक्षिक सुधारमा अझै सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

​स्थापना दिवसको उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरू, अवकाशप्राप्त सशस्त्र प्रहरी र अन्य सामाजिक अभियन्ताहरूलाई पनि पुरस्कृत एवं सम्मानित गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित