Rashtriya Dainik

ह्युमन लभ च्यारिटी फन्डको सक्रियता: ४ वर्षमा ३०० परिवारलाई सहयोग

पर्सा ७ बैशाख
धोबिनी–५ मा सक्रिय ह्युमन लभ च्यारिटी फन्ड ले पछिल्ला चार वर्षदेखि निरन्तर सामाजिक सेवा गर्दै स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्दै आएको छ। संस्थाले अहिलेसम्म करिब ३०० भन्दा बढी विपन्न र असहाय परिवारलाई प्रत्यक्ष सहयोग पुर्‍याइसकेको जनाएको छ।
संस्थाको पहलमा स्वास्थ्य, शिक्षा र आपतकालीन राहतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। बाढीबाट प्रभावित परिवारलाई राहत वितरणदेखि आगलागीपीडितलाई पुनःस्थापनामा सहयोगसम्मका कार्यले संस्थालाई स्थानीय स्तरमा विश्वासिलो बनाएको छ।
यसअघि सञ्चालन गरिएको “सहारा विवाह अभियान” संस्थाको प्रमुख आकर्षण बनेको थियो। उक्त अभियानमार्फत एक वर्षमै १६ जना आर्थिक रूपमा कमजोर परिवारका छोरीहरूको विवाहमा सहयोग प्रदान गरिएको थियो, जसले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
अब संस्थाले नयाँ योजना अनुसार प्रत्येक वर्ष कम्तीमा ५ जना गरिब बहिनीहरूको विवाहमा सहयोग गर्ने घोषणा गरेको छ। सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै कार्यक्रमलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको बताइएको छ।
संस्थाका अध्यक्ष डा. इम्रान अन्सारीले आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा थप कार्यक्रम विस्तार गरिने जानकारी दिए। उनले सहयोगी सबै हातप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित