Rashtriya Dainik

सांसद टेकबहादुर शाक्य गंगालालमा, स्वास्थ्य बिमा सेवा बन्दबारे संसदमा उठाउने प्रतिबद्धता

पर्सा, ६ बैशाख — पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर शाक्यले काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत सञ्चारकर्मी शैलेश गुप्ताकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका छन्।
अस्पताल पुगेका सांसद शाक्यले चिकित्सकसँग बिरामीको अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले बिरामीका आफन्तसँग समेत भेट गर्दै आवश्यक हौसला प्रदान गरेका थिए।
भेटका क्रममा उनले अस्पतालमा हाल स्वास्थ्य बिमा सेवा बन्द रहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए। यस्तो महत्वपूर्ण सेवा अवरुद्ध हुँदा बिरामी तथा उनीहरूको परिवार आर्थिक रूपमा मारमा परेको उल्लेख गर्दै उनले यसलाई गम्भीर रूपमा लिएको बताए।
सांसद शाक्यले स्वास्थ्य बिमा सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल गर्ने र संसदअन्तर्गतको स्वास्थ्य तथा जनसंख्या समितिमा यस विषयमा छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्न राज्य संवेदनशील हुनुपर्ने धारणा राखे।
सञ्चारकर्मी गुप्ताको परिवारले सांसद शाक्यको उपस्थितिप्रति आभार व्यक्त गरेका छन्। साथै, स्वास्थ्य बिमा सेवा बन्द भएको जानकारीपछि उक्त सेवा पुनः सञ्चालनका लागि पहल गरिने विश्वास व्यक्त गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित