राष्ट्रिय दैनिक / नवलपरासी,४ बैशाख
उमंग मिडिया प्रा.लि. द्वारा सञ्चालित राष्ट्रिय दैनिकले प्रकाशन गरेको “भित्तेपात्रो–२०८३” विमोचन कार्यक्रममा बोल्दै राष्ट्रिय दैनिकका अध्यक्ष एवं कार्यकारी निर्देशक उमेश बि.कले बालेन सरकारद्वारा अवलम्बन गरिएको मिडिया नीतिप्रति कडा असन्तोष व्यक्त गर्नुभएको छ।
कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहबाट सञ्चार माध्यमले पाउँदै आएको विज्ञापन तथा सूचना प्रवाहमा देखिएको अवरोधलाई लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको टिप्पणी गर्नुभयो। उहाँले यस्तो नीतिप्रति गम्भीर खेद व्यक्त गर्दै सञ्चार क्षेत्रलाई कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिनुभयो।

उहाँका अनुसार सञ्चार क्षेत्र लोकतन्त्रको चौथो अंग भएकाले यसलाई नियन्त्रण गर्ने वा संकुचित गर्ने कुनै पनि प्रयासले अन्ततः जनताको सूचनाको अधिकारमा असर पार्ने स्पष्ट पार्नुभयो।
उमेश बि.कले थप आरोप लगाउँदै स्थानीय तहमा विगतका वर्षहरूमा केही कर्मचारीद्वारा सञ्चार क्षेत्रका लागि विनियोजित विज्ञापन तथा सूचना बजेटको दुरुपयोग भएको विषय पनि अत्यन्तै गम्भीर रहेको उल्लेख गर्नुभयो।

उहाँले व्यक्तिगत रूपमा भन्नुभयो—“स्थानीय तहबाट सञ्चार माध्यमले पाउँदै आएको विज्ञापन तथा सूचना प्रवाहमा हाल देखिएको अवरोधप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। विशेषगरी बालेन सरकारद्वारा सञ्चारमाध्यमप्रति अपनाइएको विज्ञापन नीति प्रति म गहिरो खेद व्यक्त गर्दछु।
सञ्चार क्षेत्र लोकतन्त्रको चौथो अंग हो। यसलाई सशक्त बनाउनुको सट्टा कमजोर पार्ने कुनै पनि निर्णयले अन्ततः जनताको सूचनाको अधिकारमै प्रत्यक्ष असर पुर्याउँछ।
त्यसैगरी, स्थानीय तहका केही कर्मचारीहरूद्वारा सञ्चार क्षेत्रका लागि विनियोजित बजेटको दुरुपयोग भइरहेको विषय पनि अत्यन्तै चिन्ताजनक छ। यस्ता गतिविधिले पारदर्शिता, जवाफदेहिता र सुशासनमाथि प्रश्न उठाएको छ।
म सम्बन्धित निकायलाई यस्ता विषयमा गम्भीर भई छानबिन गर्न, सञ्चारमैत्री वातावरण निर्माण गर्न तथा मिडियालाई सहयोग गर्ने नीतिगत सुधार तत्काल गर्न हार्दिक आग्रह गर्दछु।”

कार्यक्रममा वक्ताहरूले मिडियाको भूमिका, जिम्मेवारी र समाज रूपान्तरणमा यसको प्रभावबारे समेत चर्चा गरेका थिए। सहभागीहरूले सञ्चार क्षेत्रको स्वतन्त्रता र चुनौतीबारे बहसलाई थप सशक्त बनाएको बताएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

