आरपि उपाध्याय / नवलपरासी ,३ बैशाख
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा न.३ को आयोजनामा अपांग तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।
सुस्ता ३ वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत अपांग तथा ज्येष्ठ नागरिक कार्यक्रम सम्पन्न भएको हो।
अपांग तथा ज्येष्ठ नागरिक कार्यक्रमको शुभारम्भ गर्दै वडा न.३ का वडा अध्यक्ष हरिलाल दुषाधले वडा अन्तर्गत रहेका अपांग र ज्येष्ठ नागरिकहरुलाई वडा कार्यालयहरुले सुपा नेट झुल वितरण गरी मलेरिया र औँलोबाट बच्न राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

वडा अध्यक्ष दुषाधले न्यून आयस्रोत भएका अपांग र ज्येष्ठ नागरिकहरुलाई कार्यक्रम मार्फत राहत स्वरुप झुल वितरण कार्यले नागरिक प्रतिको जिम्मेवारी बढेको पनि जिकिर गर्नुभएको थियो।
कार्यक्रममा वडा न.३ अन्तर्गतका ५१० अपांग तथा ज्येष्ठ नागरिकहरुलाई झुल वितरण गरि सम्मान गरिएको वडा सचिव आदित्य कुमार शाहीले जानकारी दिनुभएको छ।

झुल वितरण कार्यक्रममा सुस्ता ३ कै ७५ वर्षीय भोला हरिजनले आफुहरुलाई वडा कार्यालयले सम्मान सहित झुल वितरण गरेकोमा अत्यन्त हर्षित भएको प्रतिक्रिया दिदै प्राप्त झुललाई सुरक्षित रुपमा प्रयोग गरिने र जतन पूर्वक राखिने पनि बताउनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

