काठमाडौं,३ बैशाख । ह्याउँनिभाः अनुसन्धान केन्द्रको आयोजनामा दुई दिने शोध लेखन तालिम सम्पन्न भएको छ ।
नेपाल सरकार, बागमती प्रदेशअन्तर्गत महिलाका लागि सीपमूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत महिला शोध विद्यार्थीलाई लक्षित गरी उक्त तालिम सञ्चालन गरिएको हो ।
नेपाल भाषा अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई लक्षित गर्दै उद्धरण व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको थियो। तालिममा पाटन क्याम्पस, रत्न राज्यलक्ष्मी क्याम्पस लगायत विभिन्न क्याम्पसका करिब ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा पाठ उद्धरण, सन्दर्भ सूची, ग्रन्थसूची तथा उद्धरणका लागि डिजिटल उपकरणहरूको प्रयोगसम्बन्धी शैक्षिक लेखन तालिम समावेश गरिएको थियो। गत शुक्रबार र शनिबार सञ्चालन भएको उक्त तालिम ह्याउँनिभाः अनुसन्धान केन्द्रका अध्यक्ष अनुप सिंह सुवालले सहजीकरण गर्नुभएको थियो ।
आयोजकका तर्फबाट सदस्य रितेश मल्लले स्वागत मन्तव्य राखी सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद समिता खड्गी श्रेष्ठले सुकुन्दामा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो। सो अवसरमा उहाँले थेसिस लेखनमा संलग्न विद्यार्थीका लागि यस्तो तालिम अत्यन्त उपयोगी हुने उल्लेख गर्दै भविष्यमा एमफिल र पिएचडी तहका लागि समेत यस्ता कार्यक्रम विस्तार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सृष्टि शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन मनरा प्रजापतिले गर्नुभएको थियो ।
आयोजकका अनुसार थेसिस लेखनमा देखिएका जटिलतालाई सहज बनाउनका लागि शोध प्रस्तावपछि करिब छ महिनापछि दोस्रो चरणको तालिम आयोजना गरिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

