मिना केसी /नवलपरासी, २ वैशाख ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–५ बनकट्टीस्थित सभाहलमा क्षत्री समाज नेपाल जिल्ला कार्यसमितिको १५औँ साधारण सभा तथा छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला अध्यक्ष मनोज कुमार कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद खडक बस्नेत प्रमुख अतिथि तथा केन्द्रीय अध्यक्ष रिब बहादुर थापा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्ला तहका पदाधिकारीसहित करिब ५०० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनले ३४ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ, जसको अध्यक्षमा मनोज कुमार कार्की पुनः निर्वाचित भएका छन्। नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा मोहन बहादुर कार्की, उपाध्यक्षमा रुद्र बहादुर भण्डारी, महिला उपाध्यक्षमा नेत्र कुमारी क्षत्री, सचिवमा यम बहादुर खत्री, कोषाध्यक्षमा टीका बहादुर थापा तथा सह–सचिवमा दिव्या कुवर चयन भएका छन्। क्षेत्रीय सन्तुलन कायम गर्न बाँकी सदस्यहरू पछि मनोनयन गरिने जनाइएको छ।
उक्त अवसरमा राममन्दिर संरक्षण समिति बनकट्टीको सभाहल उद्घाटन गरिएको थियो। साथै, राममन्दिर समितिको प्रथम अधिवेशनबाट बेद बहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। त्यस्तै, जिल्ला महिला संगठनको अधिवेशनले बिमला आचार्यको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ।

कार्यक्रममा वक्ताहरूले समाजमा एकता, सक्रियता र संगठन सुदृढीकरणको आवश्यकता औंल्याउँदै नवनिर्वाचित नेतृत्वले जिल्लालाई उत्कृष्ट बनाउने विश्वास व्यक्त गरेका थिए। यसै क्रममा केन्द्रीय महासचिव तथा केन्द्रीय अध्यक्षबाट पश्चिम नवलपरासी जिल्लालाई ‘उत्कृष्ट जिल्ला’ घोषणा गरिएको जानकारी समेत दिइएको छ।
कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष मोहन कार्कीले व्यक्त गरेका थिए भने सञ्चालन सचिव यम बहादुर खत्रीले गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

