राष्ट्रिय दैनिक / नवलपरासी , २४ चैत ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको २०औं हिउँदे गाउँसभा सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न सभाले विभिन्न ऐन तथा कार्यविधि पारित गर्दै विकास योजनाको कार्यान्वयनलाई तीव्र बनाउने निर्णय गरेको छ।
गाउँसभामा अध्यक्ष गुप्ताले योजनाहरू कार्यान्वयनका क्रममा देखिएका समस्याहरू समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिँदै आवश्यक कार्यविधि पारित गरी कामलाई व्यवस्थित रूपमा अघि बढाइने बताए। उनले पालिकाको लक्ष्यअनुसार समयमै काम सम्पन्न गर्न कर्मचारीलाई निर्देशन पनि दिएका छन्।

प्रमुख प्रशासकीय अधिकृत दिनेश गौंडले हालसम्म पालिकामा करिब ७५ प्रतिशत भौतिक प्रगति र ४० प्रतिशत आर्थिक प्रगति हासिल भएको जानकारी दिए। उनले सुशासन कायम गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई आग्रह गरे।
गाउँसभामा विभिन्न वडाध्यक्षहरूले योजनाको नियमित अनुगमन गर्नुपर्नेमा जोड दिँदै सेवाग्राहीलाई सहज र समयमै सेवा दिनुपर्ने बताएका थिए।

त्यस्तै, लेखा अधिकृत संजय कुमार शर्माले आर्थिक प्रगति विवरण प्रस्तुत गर्दै बेरुजु घटाउन लेखा प्रणालीलाई थप सुदृढ बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

