काठमाडौं ,२४ चैत
सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागू हुनसक्ने बताएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको जानकारी दिइन् ।
त्यसका लागि थोक ब्रिक्रि नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती समेत भइसकेको उनले बताइन् ।
दीर्घकालीन गाडी रुपान्तरणको कानुनी व्यवस्था अघि बढेको पनि उनले बताइन् । त्यसका लागि इथानोल नीतिमा तयारी भइरहेको सरकारको भनाइ छ ।
त्यस्तै, सरकारले जनताको पीडा बुझ्ने बताउँदै सरकार पारदर्शी भएको मन्त्री रावलले बताइन् ।
‘सरकार पारदर्शी छ, सत्य लुकाउँदैन । तर जनताको पीडा पनि बुझ्छ । ऊर्जा बचत गरौं, संयमित बनौं धन्यवाद,’ उनले भनिन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

