Rashtriya Dainik

सरावलमा रेडक्रसको तदर्थ समिति गठन , संयाेजकमा भोलेनाथ कोइरी (संजय माैर्य )

राष्ट्रिय दैनिक /नवलपरासी, २४ चैत

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले सरावल गाउँपालिकामा पालिका स्तरीय तदर्थ समिति गठन गरेको छ। नयाँ विधानअनुसार स्थानीय तहमा संगठनलाई सुदृढ बनाउने उद्देश्यले समिति गठन गरिएको हो।

सरावल गाउँपालिकामा भोलेनाथ कोइरी (सञ्जय मौर्य) को संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरिएको छ। समितिको सचिवमा दुर्विजय पटेल, कोषाध्यक्षमा राधा कुमारी पंजियार तथा सदस्यहरूमा प्रदीप कुमार अग्रहरी, राजेन्द्र कुर्मी, अनुप कुर्मी र ल्याकत अलि रहेका छन्।

जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरी का अनुसार नवगठित समितिले आगामी वैशाख मसान्तभित्र अधिवेशन सम्पन्न गरी निर्वाचित कार्यसमिति चयन गर्ने जिम्मेवारी पाएको छ।

मानवता, निष्पक्षता र स्वयंसेवाको मूल मन्त्र बोकेको रेडक्रसले सरावलमा विपद् व्यवस्थापन, रक्तसञ्चार, स्वास्थ्य सेवा तथा सामाजिक सचेतनाका कार्यक्रमलाई अझ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित