Rashtriya Dainik

नवलपरासीमा रेडक्रस पुनर्संरचना: सातै पालिकामा तदर्थ समिति गठन

राष्ट्रिय दैनिक /नवलपरासी, २४ चैत

मानवीय सेवामा सक्रिय नेपाल रेडक्रस सोसाइटी ले पश्चिम नवलपरासीका सबै सात स्थानीय तहमा पालिका स्तरीय तदर्थ समिति गठन गरेको छ। नयाँ विधानअनुसार संरचना मिलाउँदै जिल्ला शाखाले सोमबार समितिहरू सार्वजनिक गरेको हो।

जिल्ला शाखाको निर्णयअनुसार प्रत्येक पालिकामा संयोजक, सचिव, कोषाध्यक्षसहित सात सदस्यीय तदर्थ समिति गठन गरिएको छ। यी समितिहरूले आगामी वैशाख मसान्तभित्र अधिवेशन सम्पन्न गरी निर्वाचित कार्यसमिति गठन गर्ने जिम्मेवारी पाएका छन्।

जिल्लामा रहेका १६ उपशाखाका पदाधिकारी तथा सदस्यहरूमध्येबाट छनोट गरी समितिहरू बनाइएको शाखाले जनाएको छ। जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरी का अनुसार नयाँ संरचनाले स्थानीय तहमा रेडक्रसका गतिविधि थप सशक्त बनाउने विश्वास लिइएको छ।

पालिकागत समिति विवरण
रामग्राम नगरपालिका — संयोजक: सन्दिप अग्रहरी, सचिव: बलिराम यादव, कोषाध्यक्ष: सुमिना लामिछाने चौधरी, सदस्य: सीता कुँवर, रमेश गिरी, अर्जुन यादव, सञ्जय कोइरी

सुनवल नगरपालिका — संयोजक: गोपालप्रसाद शर्मा, सचिव: माया चौधरी, कोषाध्यक्ष: शंकर नाउ, सदस्य: सागर कुँवर, लक्ष्मी अर्याल, पदम सागर शर्मा, इन्द्र रेग्मी

बर्दघाट नगरपालिका — संयोजक: नारायणप्रसाद अधिकारी, सचिव: बालकृष्ण लम्साल, कोषाध्यक्ष: रामचन्द्र अधिकारी, सदस्य: रत्ना सुवेदी अधिकारी, मुरलीकृष्ण खनाल, रुक्मिणि कुमारी चौधरी, राधा ढकाल

पाल्हीनन्दन गाउँपालिका — संयोजक: गुड्डु गुप्ता, सचिव: प्रकाश यादव, कोषाध्यक्ष: शिवकुमार रौनियार, सदस्य: जमिला खातुन, लालमति लोहार, श्रीकान्त मिश्रा, किसुननाथ बानिया

सरावल गाउँपालिका — संयोजक: भोलेनाथ कोइरी (सञ्जय मौर्य), सचिव: दुर्विजय पटेल, कोषाध्यक्ष: राधा कुमारी पंजियार, सदस्य: प्रदीप कुमार अग्रहरी, राजेन्द्र कुर्मी, अनुप कुर्मी, ल्याकत अलि

प्रतापपुर गाउँपालिका — संयोजक: केदारनाथ पाण्डेय, सचिव: अखिल कुमार आचार्य, कोषाध्यक्ष: हिमा ढकाल, सदस्य: कैलाश ठाकुर, डिम्पल यादव, मनोज कुमार चौधरी, दानबहादुर चौधरी

सुस्ता गाउँपालिका — संयोजक: दिनेश अहिर यादव, सचिव: बृजभान कोइरी, कोषाध्यक्ष: अनुराधा यादव, सदस्य: इश्वर लोहार, कल्लु मिया, सीमा कोंहार, नन्द कुमारी लोनिया
रेडक्रसको मूल मूल्य—मानवता, निष्पक्षता र स्वयंसेवा—लाई आधार मान्दै नवगठित समितिहरूले विपद् व्यवस्थापन, रक्तसञ्चार, स्वास्थ्य सेवा र सामाजिक सचेतनाका कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमै सशक्त संरचना निर्माण भएपछि अब रेडक्रसका सेवा अझ छिटो, प्रभावकारी र पहुँचयोग्य हुने विश्वास गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित