Rashtriya Dainik

पोखरिया मालपोत कार्यालयद्वारा १३ करोड ४५ लाखभन्दा बढी राजस्व संकलन

राजन कुमार बनिया /पर्सा, २४ चैत

पर्साको पोखरिया नगरपालिकामा सञ्चालनमा रहेको मालपोत कार्यालयले हालसम्म १३ करोड ४५ लाख १० हजार १ सय ५५ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख रामजी साहका अनुसार २०८१ चैत १५ गतेदेखि सेवा सुरु भएको उक्त कार्यालयबाट एकद्वार प्रणालीमार्फत सेवा प्रवाह भइरहेको छ।

कार्यालयले सुरु भएदेखि २०८२ असार मसान्तसम्म विभिन्न शीर्षक—मुद्दा, फाँट, रजिस्ट्रेसन लगायतबाट ३ करोड ९९ लाख ४४ हजार १ सय ६० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा ९ करोड ४५ लाख ६५ हजार ९ सय ९५ रुपैयाँ राजस्व संकलन भई कुल रकम १३ करोड ४५ लाख नाघेको हो।
प्रमुख साहका अनुसार कार्यालयमा नगद कारोबार हुँदैन। सेवाग्राहीले तिर्नुपर्ने सम्पूर्ण राजस्व राष्ट्रिय वाणिज्य बैंक, पोखरियाको राजस्व खातामा जम्मा गरी भौचर पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। राजस्व रकममा एक रुपैयाँ पनि कमी भए कम्प्युटर प्रणालीले स्वीकार नगर्ने भएकाले सम्पूर्ण प्रक्रिया पारदर्शी रहेको उनले बताए। साथै, सबै विवरण अनलाइन प्रणाली तथा हार्ड डाटा रूपमा सुरक्षित राखिएको छ।

पोखरियामा मालपोत कार्यालय नहुँदा यस क्षेत्रका नागरिकहरूलाई वीरगञ्ज धाउनुपर्ने, समय र खर्च दुवै बढी लाग्ने समस्या थियो। तर अहिले स्थानीयमै सेवा उपलब्ध भएपछि सहज भएको सेवाग्राहीहरूको भनाइ छ।
धोबिनी गाउँपालिका–४ का लालबाबु जिमदारले अब घरबाटै नजिकै गएर छिटो र कम खर्चमा सेवा लिन पाउँदा खुसी लागेको बताए। यस्तै, पोखरियाका जितेन्द्र पटेलले बैंकमा राजस्व दाखिला गरी भौचर पेश गरेपछि प्रक्रिया सरल रूपमा अघि बढ्ने गरेको अनुभव सुनाए।
स्थानीयस्तरमै सेवा विस्तार भएसँगै सेवाग्राहीहरूमा सन्तुष्टि बढ्दै गएको

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित