Rashtriya Dainik

जेनजीको नाममा त्रासः कालिकामाई गाउँपालिकामा कारबाहीको माग

पर्सा, २२ चैत ।

कालिकामाई गाउँपालिकामा आफूलाई ‘जेनजी’ समूहको नाममा चिनाउने केही युवाहरूले अराजक गतिविधि गर्दै त्रास फैलाएको भन्दै जनप्रतिनिधि तथा कर्मचारीहरूले कारबाहीको माग गरेका छन्।
गाउँपालिका अध्यक्ष वशिष्ठ गुप्ता, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, उपाध्यक्ष राजमती बरैन तथा वडा अध्यक्ष सोनालाल चौरसिया लगायतका जनप्रतिनिधि र कर्मचारीहरूले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय पर्सा मा ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार आफूलाई ‘जेनजी प्रमुख’ बताउने राजनिश कुशवाहा को नेतृत्वमा केही युवाहरूले विभिन्न बहानामा दबाब सिर्जना गर्ने, धम्क्याउने तथा असामाजिक गतिविधि गर्ने गरेका छन्। यस्ता गतिविधिका कारण जनप्रतिनिधि तथा कर्मचारीहरू असुरक्षित महसुस गर्न थालेका छन्।
जनप्रतिनिधिहरूले यस्ता गतिविधिले सेवा प्रवाहमा समेत अवरोध सिर्जना गरेको जनाउँदै शान्ति सुरक्षा कायम गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, यस्ता गतिविधि नियन्त्रण नभएमा स्थानीय तहको कामकाज प्रभावित हुने चेतावनीसमेत दिएका छन्।
उक्त ज्ञापनपत्र भोला दाहाल समक्ष बुझाइएको हो। जनप्रतिनिधिहरूले गाउँपालिकामा शान्तिपूर्ण वातावरण कायम गरी निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण मिलाइदिन प्रशासनसँग आग्रह गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित