Rashtriya Dainik

नयाँ सत्रअघि भर्ना र शुल्क लिने स्कुल कारबाहीमा पर्ने

काठमाडौं,२२ चैत।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल्ने निजी विद्यालयहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयका अनुसार केही विद्यालयहरूले कानुनी व्यवस्था विपरीत भर्ना खुलाएर अभिभावकबाट शुल्क असुलिरहेको पाइएपछि यस्तो कदम चालिएको हो। अब नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना प्रक्रिया सञ्चालन गर्न निर्देशन दिइएको छ।
यसैबीच सर्वोच्च अदालतले पनि शैक्षिक सत्र सुरु नभएसम्म भर्ना प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको छ। अदालतले परीक्षा नतिजा, प्रमाणपत्र र शैक्षिक सत्रबीच समन्वय हुनुपर्नेमा जोड दिएको छ।

मन्त्रालयले कानुन विपरीत असुल गरिएको शुल्क अभिभावकलाई फिर्ता गराउन स्थानीय तहलाई निर्देशन दिएको छ भने अटेर गर्ने विद्यालयमाथि शिक्षा ऐनअनुसार कारबाही गरिने जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित