Rashtriya Dainik

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, महत्वपूर्ण विधेयकमाथि छलफल हुने

बुटवल, चैत २२ — लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा विभिन्न समसामयिक तथा नीतिगत विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले विशेष समयमा वर्तमान राजनीतिक तथा सामाजिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।

त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने ले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ सभामा पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, मुख्यमन्त्री चेत नारायण आचार्य ले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन विधेयक’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगर का अनुसार आजको बैठकले प्रदेशस्तरीय नीति निर्माणमा महत्वपूर्ण निर्णयहरू गर्न सक्ने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित