आरपि उपाध्याय / नवलपरासी ,२१ चैत
नेपाल नेत्र ज्योति संघ डा. विनोद निता कंडेल आँखा अस्पताल रामग्राम ३ परासीको ३५ औं वार्षिक साधारणसभा अस्पताल परिसरमा शनिबार सम्पन्न भएको छ।
नेपाल नेत्र ज्योति संघ नवलपरासीका शाखा सभापति देवेन्द्र राज कंडेलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाका प्रमुख अतिथि समेत रहनु भएका रामग्राम नगरपालिका का प्रमुख धनपत यादवले आँखा उपचारको पहुँचबाट टाढा रहेका आँखाका बिरामीलाई आँखा अस्पताल परासी र मातहतका उपचार केन्द्रबाट पुर्याइएको सेवा सराहनीय रहेको बताउदै मानव शरीरको महत्वपूर्ण अङ्ग आँखा नै रहेकोेले आँखाका रोगीलाई उपचार गर्न पालिकाले गर्दै आएको सहयोगमा थप निरन्तरता रहने धारणा राख्नुभयो।

उहाँले मानवीय सेवामा कसैले पनि राजनीतिक दृष्टिकोण राख्न नहुने विचार व्यक्त गर्दै सेवा नै धर्म हो भन्ने पवित्र उद्देश्यलाई सबैले मनन गर्नुपर्ने जिकिर गर्नुभयो।
आँखा अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष मन्जु कंडेलले दु:खद घडीको सम्झनामा उपज भएको विनोद निता आँखा अस्पताल परासीलाई समय सापेक्ष स्तरोन्नति गर्दै आएको चर्चा गर्दै अध्यक्ष कंडेलले मानवीय सेवालाई कसैले पनि दलीय रुपमा हेर्न नहुने आग्रह गर्नुभयो।
साधारणसभामा जिल्ला समन्वय समिति नवलपरासी (ब.स.प.)का प्रमुख भगौती यादवले नेपाल सरकारको सरकारी अस्पताल जस्तै विनोद निता आँखा अस्पताल परासीले पुर्याउदै आएको सेवा नागरिक केन्द्रित रहेकोले यस्ता खाले सेवालाई अझ भरपर्दो र विश्वासनीय ढंगबाट अगाडि बढाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने विचार राख्नुभयो।

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार,ने.क.पा. एमालेका श्याम बस्याल,राष्ट्रिय स्वतन्त्र पार्टीका रबि पाण्डे,नेपाली कम्युनिस्ट पार्टीका भबिश्वर आजाद,ज.स.पा. नेपालका पुरन चौधरी, पत्रकार आर.पि. उपाध्याय,परासी एफएमका मेघराज गौतम,समाजसेवी राजेन्द्र सहानी,कृष्ण लामिछाने लगायतले आँखा अस्पतालले पुर्याएको योगदान बारे चर्चा गर्नुभएको थियो।
साधारणसभामा अस्पतालका व्यवस्थापक अजय पाण्डेले अस्पतालले २०८२ सालमा पुर्याउदै आएको सेवा कार्यक्रम र बिरामीको स्वास्थ्य उपचारमा भएको प्रगति बारे जानकारी गराउनु भयो।
साधारणसभामा नेत्र ज्योति संघ नवलपरासीका सचिव संजय कर्णले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष अमरचन्द्र अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
२०४५ साल वैशाख २६ गते स्थापना भएको अस्पतालमा विशेषज्ञ डाक्टर सहित ३५ जना कर्मचारी कार्यरत रहेका छन भने अस्पतालमा दैनिक रुपमा २५० बिरामीलाई प्रत्यक्ष सेवा पुर्याइएको छ।

साधारणसभामा अस्पतालका ३ उत्कृष्ट कर्मचारीलाई कदरपत्र सहित सम्मान गरिएको छ,जसमा खेम बहादुर चौधरी,कर्ण बहादुर चौधरी र नारायण यादव रहनु भएको बताइएको थियो।
डा.विनोद निता आँखा अस्पतालको साधारणसभामा नेत्र ज्योति संघका पुर्व कोषाध्यक्ष स्वर्गीय महेश बहादुर थापाको स्मृतिमा ५० हजार रकमको अक्षयकोष स्थापना गरिएको आँखा अस्पतालले जानकारी दिएको छ।
अस्पतालले दिएको जानकारी अनुसार स्वर्गीय थापाका छोरा मनोज थापा र बुहारी अम्बु थापाको आर्थिक सहयोगमा अक्षयकोष स्थापना गरिएको पनि अस्पतालका व्यवस्थापक पाण्डेले बताउनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

