Rashtriya Dainik

कालिकामाई गाउँपालिकामा उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु

राजन कुमार बनिया /पर्सा, २१ चैत

पर्साको कालिकामाई गाउँपालिकामा पालिका स्तरीय उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। गाउँपालिकाको सहयोग तथा मुडली क्रिकेट क्लबको आयोजनामा प्रतियोगिता सञ्चालनमा आएको हो।

प्रतियोगिताको उद्घाटन पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल ले फिता काटेर तथा ब्याटिङ गर्दै गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले युवाहरू खेलकुदमा मात्र होइन, देश सञ्चालनमा समेत आवश्यक रहेको बताउनुभयो। खेलकुदमार्फत शारीरिक तथा मानसिक विकास हुने र यसले गाउँपालिकाको पहिचान देश-विदेशसम्म पुर्‍याउन मद्दत गर्ने भएकाले खेललाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो। साथै, आगामी दिनमा आफू र मधेश प्रदेशबाट आवश्यक सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

वडा नं. १ मुडलीस्थित खेलमैदानमा भइरहेको प्रतियोगितामा आयोजक कालिकामाई क्रिकेट क्लबका साथै धोबिनी गाउँपालिका, पोखरिया नगरपालिका र बिन्दबासिनी गाउँपालिकासहित विभिन्न टिमहरूको सहभागिता रहेको छ। प्रतियोगितामा कुल आठ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ।

क्रिकेट क्लब मुडली कालिकामाईका अध्यक्ष बुलट पटेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजमती देवी बरैनी, अध्यक्ष पदका उम्मेदवार अजय पटेल, नेपाली कांग्रेसका नेताहरू तथा विभिन्न स्थानीय जनप्रतिनिधि, खेलाडी र दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताको पहिलो खेलमा कालिकामाई गाउँपालिकाले ११८ रन बनाएको थियो भने धोबिनीले ११९ रन बनाएर जित हासिल गर्‍यो। अर्को खेलमा पोखरिया नगरपालिकाले १६४ रन बनाउँदा बिन्दबासिनी १४१ रनमै अलआउट भएपछि पोखरिया विजयी भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित