Rashtriya Dainik

गरिबीले रोकियो उपचार, क्यान्सरपीडित लक्ष्मी विकलाई बचाउन सहयोगको मार्मिक अपिल

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ असार

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–२ निवासी लक्ष्मी विक क्यान्सरजस्तो जटिल रोगसँग जीवन–मृत्युको संघर्ष गरिरहेकी छन्। आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचार खर्च जुटाउन नसकेपछि उनका परिवारले सहयोगी मन भएका सबै नेपालीसमक्ष आर्थिक सहयोगको मार्मिक अपिल गरेका छन्।

प्रतापपुर गाउँपालिका वडा नं. २ कार्यालयले समेत लक्ष्मी विकको उपचारका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गर्दै सिफारिस पत्र जारी गरेको छ। वडा कार्यालयका अनुसार लक्ष्मी विकको प्रारम्भिक उपचार पृथ्वीचन्द्र अस्पताल, परासीमा गरिएको थियो। थप उपचारका लागि उनलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर लग्ने तयारी भइरहेको छ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण औषधि, उपचार, परीक्षण तथा अन्य आवश्यक खर्च जुटाउन कठिनाइ भइरहेको छ। दैनिक ज्यालामजदुरीबाट गुजारा चलाउँदै आएको परिवार अहिले उपचार खर्चको भारले थप पीडामा परेको छ।
वडा अध्यक्ष राम नरेश अहिर यादवले मानवताको नाताले सहयोग गर्न सबै व्यक्ति, संघसंस्था, समाजसेवी तथा दाताहरूलाई आग्रह गरेका छन्। समयमै आवश्यक उपचार हुन सके लक्ष्मी विकको जीवन बचाउन सकिने विश्वास परिवारले व्यक्त गरेको छ।

आर्थिक सहयोग गर्न चाहनुहुनेका लागि बैंक विवरण :
खातावाला: दीपक विश्वकर्मा (बिरामीका श्रीमान्)
बैंक: प्रभु बैंक
खाता नम्बर: 0490206386200015
एक सानो सहयोगले एउटा आमाको जीवन बचाउन सक्छ। सहयोग गर्न सक्ने सबै महानुभावलाई परिवारले हार्दिक अनुरोध गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित