Rashtriya Dainik

सुस्तामा ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आरपी उपध्याय / नवलपरासी २० चैत

पश्चिम नवलपरासीको सुस्तामा ६९ औं राष्ट्रिय सहकारी दिवस एक अन्तरक्रिया कार्यक्रम सहित शुक्रबार मनाइएको छ।
“उद्यमशिलता पारदर्शिता र जवाफदेहिता सहकारीको प्राथमिकता” भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम सहित सहकारी दिवस मनाइएको हो।
सुस्ता गाउँपालिका अन्तर्गत १६ सहकारी संस्थाका अध्यक्ष,व्यवस्थापक र कार्यालय कर्मचारीहरुको कार्यक्रममा उपस्थिति रहेकोे आयोजकले बताएको छ।
कार्यक्रममा सुस्ता गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारीहरुको अवस्था,सहकारीमा देखिएका समस्या र नीति तथा कार्य विधि निर्माण,गरिबी निवारण तथा आयआर्जन कार्यक्रममा सहभागीको भुमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रममा छलफल भएको सहजकर्ता समेत रहनु भएका कृषि प्राविधिक सनत कुमार गिरीले जानकारी दिनुभयो।
सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा उपाध्यक्ष चौधरीले गरिबी निवारणको लागि सहकारी बलियो माध्यम रहेकोले सहकारीकर्मीले बलियो र भरपर्दो परिणाममुखि सेवा दिनुपर्ने कुरा बताउनु भयो।
अन्तरक्रिया कार्यक्रममा चोमादेवी चापागाईं,भिमलाल मुखिया,निलम कुमारी गाहा मगर लगायतले पालिकाबाट नियमित अनुगमन हुनुपर्ने, कम्प्युटर शिक्षालाई प्रभावकारी रुपमा लागू गर्नुपर्ने तथा क्षमता अभिवृद्धि तालिमको व्यवस्था पालिकाले नै गर्नुपर्ने लगायत सुझाव दिएका थिए।
सुस्ता गाउँपालिका सहकारी शाखाबाट गरिएको एक दिने तालिमले सहकारी शिक्षामा बढेको बेतिथी अन्त्य गरि संस्थालाई लक्ष्य अनुसार चलायमान गराउने अपेक्षा पनि गरिएको सहभागीहरुले प्रतिक्रिया दिएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित