राजन कुमार बानिया
पर्सा २० चैत
पर्साको पोखरियास्थित मालपोत कार्यालयबाट प्रहरीले तीन जना बिचौलियालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरियाबाट शुक्रबार खटिएको प्रहरी टोलीले मालपोत कार्यालयबाट तीन जना बिचौलियालाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुको नाम भने खुलाएको छैन ।
मालपोत कार्यालयमा अनावश्यक रुपमा प्रवेश गरेर सेवाग्राहीलाई हैरान पार्ने कार्यमा संलग्न असम्बन्धित तीन जना व्याक्तिलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । कार्यालयभित्र छिरेर सेवाग्राही र कर्मचारीलाई दुःख दिने गुनासो आएपछि तीन जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।
नियन्त्रणमा लिइएका तीनै जनालाई ईलाका प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए । पौडेलले भने, उनिहरुले आँफु लेखापढी व्यवसायी भएको दाबी गरेका छन् । त्यसबारेमा हामीले छानबिन गरिरहेका छौं ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

