काठमाडौँ, २० चैत — प्रतिनिधिसभा सभामुख पदका लागि तोकिएको समयसीमाभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल को मात्र उम्मेदवारी परेको छ।
संघीय संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ देखि २ बजेसम्म सिंहदरबारस्थित संसद् सचिवालयमा उम्मेदवारी दर्ता भएको थियो। सो अवधिमा अर्याल एक्लै उम्मेदवार बनेका हुन्।
उनको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा सोबिता गौतम, स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका छन्।

सचिवालयले एकमात्र उम्मेदवारको सूचना प्रकाशित गरिसकेको छ। अब २२ चैतमा बस्ने प्रतिनिधिसभा बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ। एक्लो उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ, औपचारिक घोषणा मात्र बाँकी छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

