Rashtriya Dainik

आजदेखि एसइई सुरु: पाँच लाख बढी विद्यार्थी सहभागी, नयाँ व्यवस्थासहित कडाइ

काठमाडौं, १९ चैत — आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन्।

यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन्। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन्।

परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ। यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन्। जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन्। परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

परीक्षा प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र छिटो नतिजा प्रकाशन गर्ने लक्ष्यसहित नयाँ निर्देशिका लागू गरिएको छ।

यसपटक परीक्षा सम्पन्न भएको तीन दिनभित्रै उत्तरपुस्तिका परीक्षण सक्ने योजना बनाइएको छ भने परीक्षण प्रक्रियामा कडाइ गर्दै सिसिटिभी निगरानी, मोबाइल निषेध र अनियमितता नियन्त्रणका विशेष प्रबन्ध गरिएको छ।

देशभर करिब १,९६६ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो। यस वर्ष छात्राको सहभागिता छात्रभन्दा बढी रहेको छ।

साथै, परीक्षा केन्द्रमा अनावश्यक भीडभाड रोक्न सामूहिक अनुगमनसमेत निषेध गरिएको छ, जसले विद्यार्थीलाई शान्त वातावरणमा परीक्षा दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित