Rashtriya Dainik

प्लास्टिकको बढ्दो प्रयोगले कुम्हाल पेशा संकटमा

अनिल बनिया / नवलपरासी , १८ चैत

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५, गेरमीमा कुम्हाल (कोहार) समुदायको परम्परागत पेशा यतिबेला संकटमा परेको छ। पुस्तौँदेखि माटोका भाँडा बनाउँदै आएको यो समुदाय आधुनिक बजार र प्लास्टिकजन्य सामग्रीको विस्तारसँगै विस्थापित हुने जोखिममा पुगेको हो।

स्थानीय भुलई कोहार करिब ५० वर्षदेखि माटोका भाँडा बनाउने पेशामा सक्रिय छन्। उनी नदीबाट चिकनी माटो ल्याएर कराई, गिलास, गाग्रो, घैला, दियोलगायत सामग्री तयार पारेर बिक्री गर्दै परिवारको गुजारा चलाउँदै आएका छन्।

तर, बजारमा सस्तो र सजिलो प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा माटोका सामग्रीको माग घटेको उनले बताए। “पहिले जस्तो बिक्री हुँदैन, आम्दानी घटेको छ,” भुलई भन्छन्।

गर्मी याममा गाग्रो र चाडपर्वमा दियो तथा घैलाको मागले केही राहत दिए पनि वर्षभरि व्यवसाय धान्न कठिन बन्दै गएको छ।

सरोकारवालाहरूका अनुसार माटोका भाँडा वातावरणमैत्री विकल्प भए पनि पर्याप्त प्रवर्द्धन नहुँदा यो पेशा संकटमा परेको हो।

कठिनाइका बाबजुद भुलई कोहार भने आफ्नो पुर्ख्यौली पेशा जोगाइराख्ने अठोटमा छन्। “यो हाम्रो पहिचान हो, छोड्न सक्दिनँ,” उनले भने।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित