राजन कुमार बानिया / पर्सा, १६ चैत
जगरनाथपुर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा समाजसेवी पशुराम साहले एक विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्।
जगरनाथपुर गाउँपालिका वडा नं. ४, कदमिया टोलमा बसोबास गर्ने एक गरिब परिवारमा काम किरिया गर्न समस्या भइरहेको जानकारी पाएपछि साहले आवश्यक सहयोग गरेका हुन्। आर्थिक अभावका कारण दैनिक आवश्यकतासमेत पूरा गर्न कठिनाइ भोगिरहेको उक्त परिवारलाई उनले चामल, दाल, तेल, आलु, प्याज तथा केही नगदसहित खाद्यान्न सामग्री उपलब्ध गराएका छन्।
साहले राजनीति मात्र नभई समाज सेवामा पनि सक्रिय रहनुपर्ने धारणा व्यक्त गर्दै सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत पुग्ने बताए। उनले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
सहयोग प्राप्त गरेपछि परिवारका सदस्यहरूले आभार व्यक्त गरेका छन्। साथै, स्थानीयवासीहरूले पनि साहको यस मानवीय कार्यको प्रशंसा गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

